काठमाण्डौ माघ ७ - दुब्लोलाई सेक्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ। तर, यसमा कुनै सत्यता छैन। चिकित्सकका अनुसार स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ। कसैलाई स्लिम केटीहरू सेक्सी लाग्छन् भने कसैलाई मोटा। यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। त्यसैले मोटा जति सबै सेक्स नै नगरी बस्छन् भन्ने होइन। बाटोघाटोमा मोटो मानिस देख्नेबित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन्। पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौन चाहनाको मात्रा फरक(फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ। महिनावारीमा सेक्स गर्नुहुँदैन ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment