पोखरा, माघ १३ । मनाङमस्र्याङदी क्लब १५ औं आहा रारा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ ।
संकटा क्लबलाई १-० ले हराउँदै मनाङले आयोजक सहारा क्लबसंग उपाधि भिडन्त तय गरेको हो । मनाङको जितमा ओलावालेले खेलको ८५ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा दोहोरो पहेंलो कार्ड पाएसँगै सुशील केसी बाहिरिएपछि संकटा क्लव १० खेलाडीमा सिमित बनेको थियो । उपाधि भिडन्त शनिवार हुनेछ ।

0 comments:
Post a Comment