नियमित हस्तमैथुन गर्दाका फाईदाहरु यस्ता छन् जानी राखौँ

आजको आधुनिक समाज यौनको बारेमा निकै खुला भएको पाइन्छ । यौन र यौनजन्य बिषयमा मानिसहरु खुला रुपमा चर्चा परिचर्चाहरु गर्न थालेको पाइन्छ । तर यौनका बिषयमा कुण्ठा जमाएर बस्ने पुस्ताको जमात पनि सानो छैन ।

यौनलाई ठूलो विषय बनाएर संकिर्ण सोच राख्ने धेरै मानिसहरुमा मानसिक समस्याहरु समेत देखिएकोृ विभिन्न अनुसन्धानहरुबाट खुलेको छ ।


यौनको विषयमा विभिन्न धार्मिक दर्शनदेखि विभिन्न धार्मिक गुरुहरुले समेत अनेक परिभाषा र व्याख्याहरु गरेको पाइन्छ । तर विज्ञानको तर्कलाई आधार मान्ने हो भने सेक्सलाई जर्वजस्ती लुकाएर कुण्ठा जमाउने विषय बनाउनु भन्दा यसलाई सभ्य रुपले प्रस्फुटन गर्दा स्वास्थ्यलाई समेत फाइदा पुग्ने दाबी छ ।

एक सर्वेक्षणका अनुसार यौनलाई कुण्ठित बनाएर बस्नकोे भन्दा वीर्यस्खलन गर्दा मानिसको स्वास्थ्यमा फाइदा पुग्ने बैज्ञानिकहरुको निष्कर्ष छ ।

जुनसकै तरिकाबाट पनि वीर्य स्खलन गराउने पुरुषहरुमा प्रोस्ट्रेड क्यान्सर हुने जोखिम कम रहने सर्वेक्षणले देखाएको छ ।

करिब ३२ हजार भन्दा बढी पुरुषहरुमा १९२२ देखि २०१० सम्म गरिएको सर्वेक्षण अनुसार अध्ययन गर्दा ४ हजार पुरुषमा पोस्ट्रेड क्यान्सर देखिएको थियो सर्वेक्षण रिपोर्टमा भनिएको छ । २० वर्षभन्दा कम उमेरमा प्रतिमहिना २१ पटक स्खलित हुने पुरुषमा पोस्ट्रेड क्यान्सर लाग्ने जोखिम १९ प्रतिशतले कम रहेको पाइएकोजनाइएको छ ।

४० वर्ष पुग्नु अघिसम्म स्खलन गरिरहने पुरुषमा यसको जोखिम २२ प्रतिशत भन्दा कम रहेको देखिन आएको छ । महिनामा ३ पटक वा सो भन्दा कम वीर्य स्खलन गर्ने पुरुषमा पोस्ट्रेड क्यान्सरको जोखिम वा अन्य रोग लाग्ने सम्भावना उच्च रहेको अध्ययनको क्रममा फेला परेको थियो । यो अध्ययन अमेरिकाका हावर्ड विश्वविद्यालयको स्वास्थ्य सम्बन्धि विभागले गरेको हो ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment