गोरखा, माघ ५ । गोरखाको पौवाटारमा ट्रयाक्टरबाट खसेर एकजनाको ज्यान गएको छ । बुधबार बिहान पालुङटार नगरपालिका–४ पौवाटारबाट तनहुँको डुम्रेका लागि छुटेको ना ५ त ४४९५ नम्बरको ट्रयाक्टरबाट खसेर सहचालक सुरज कुमालको ज्यान गएको हो ।
गम्भीर घाइते भएका कुमालको उपचारका लागि जिल्ला अस्पताल गोरखा लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment