गुन्यु लगाएर नाच्दा पनि अंग प्रदर्शन भन्छन् : ज्योति मगर


अर्घाखाँची, माघ ५ – अर्घाखाँची महोत्सवमा गीत गाएर दर्शकलाई लठ्ठै पारेकी गायिका ज्योति मगरले रिपोर्टस क्लबले गरेको  पत्रकार सम्मेलनमा बोल्दै गीत गाउँदा पनि अंग प्रदर्शन गरी भनेर आरोप लगाएको गुनासो गरिन् ।  गायिका ज्योति मगरले आफूले जे गर्दा अरुले कुरा काट्ने काट्ने गरेको गुनासो गरिन् । आफ्नो नाच र अरुको नाचका तस्बिर आफूले तुलना गरिरहेको तर अरुको त्यही तस्बिर  ग्लामर हुने र आफ्नो त्यही तस्बिर चाँही भल्गर हुने आरोप लाग्दै आएको उनले गुनासो गरिन् । 
‘अरु कलाकारका गीत तथा नाचहरु आफ्नो भन्दा पनि उत्तेजनायुक्त र अंग प्रदर्शन गरिएका हुन्छन् तर मैले तीजको गीतमा गुन्यु लगाएर नाच्दा पनि अंग प्रदर्शन भने’ गायिका ज्योतिले भनिन् । 

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment